कति छ आज विदेशी मुद्राको विनिमयदर ?
आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.०८ र खरिद मूल्य ११७.४८ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैङ्कले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको मूल्य तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री मूल्य १३८.५८ र खरिद मूल्य १३७.८८ रुपैयाँ कायम भएको छ ।
यसका साथै, एक पाउण्डको बिक्री मूल्य १६१.६२ र खरिद मूल्य १६०.७९ तथा अष्ट्रेलियन डलरको बिक्री ८५.८१ र खरिद ८५.३७ रुपैयाँ तोकिएको केन्द्रीय बैङ्कले जानकारी दिएको छ । यस्तै, सिंगापुर डलरको बिक्री मूल्य ८७.४१ र खरिद मूल्य ८६.९६ तथा १० जापानी येनको बिक्री १०.७८ र खरिद १०.७३ रुपैयाँ कायम भएको छ ।
यसैगरी, चिनियाँ युवानको बिक्री १८.२६ र खरिद १८.१७ तथा साउदी रियालको बिक्री ३१.४९ र खरिद दर ३१.३३ रुपैयाँ कायम भएको छ भने कतारी रियालको बिक्री ३२.४३ र खरिद ३२.२७ रुपैयाँ तोकिएको बैङ्कले जनाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री दर ३२.१५ र खरिद दर ३१.९८ रुपैयाँ तथा मलेसियन रिंगिटको बिक्री दर २८.२२ र खरिद दर २८.०८ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले उपनिर्वाचनका लागि बाँकी स्थानीय तहमा कहिले टुङ्ग्याउँछ उम्मेदवार ?
-
कमला नदीमा अनौठो भूतमेला (फोटो फिचर)
-
बेलायती संग्राहलयले दानमा पायो १ अर्ब पाउन्डको चिनियाँ सेरामिक
-
बंगलादेशमा विद्युत् निर्यात सुरु
-
भक्तपुरमा महिलाको हत्या, कारण लुटपाट
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड