शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा ५.८ तीब्रताको भूकम्प मापन

बुधबार, ०६ असोज २०७८, १० : ०२
बुधबार, ०६ असोज २०७८

अष्ट्रेलियाको दक्षिण–पूर्व भागमा ५.८ तीब्रताको भूकम्प मापन गरिएको छ । भूकम्पका कारण मेलबर्नका विभिन्न भवनमा क्षती पुगेको बताइएको छ । भूकम्प स्थानीय समयानुसार बुधबार बिहान ९ः१५ मा आएको हो । भूकम्पको केन्द्र मेन्सफील्ड थियो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिनले भूकम्पबारे जानकारी दिँदै हालसम्म कोही पनि गम्भीर रुपमा घाइते भएको खबर नपाएको बताएका छन् ।

भूकम्पको झट्का दक्षिण अष्ट्रेलिया र न्यू साउथ वेल्समा पनि महसुस गरियो । पहिलो तीब्र झट्का पछि दोस्रो झट्का ४.० तीब्रताको र तेस्रो झट्का ३.१ तीब्रताको आएको थियो । यद्यपि, यो हालैका वर्षमा अष्ट्रेलियामा आएको सबैभन्दा धेरै तीब्रताको भूकम्प हो । तर हालसम्म यो भूकम्पका कारण कुनै ठूलो हानी पुष्टि भएको छैन ।

मोरिसनले अष्ट्रेलियामा भूकम्प आउनु असामान्य भएको र यो असाध्यै तनाव दिने खालको घटना हुनसक्ने बताए । भिक्टोरिया स्टेट इमरजेन्सी सर्भिसले मानिसहरुलाई सम्भावित  झट्काका लागि सतर्क रहनका लागि चेतावनी दिएको छ । इमर्जेन्सी सभिसले भन्यो, ‘यदि तपाईं भिक्टोरियामा हुनुहुन्छ भने तपाईं खतरामा हुनुहुन्छ । तरपनि झट्का पनि आउन सक्छ । क्षतिग्रस्त भवनबाट टाढा रहनुहोस् । आपतकालिन स्थितिबाहेक ड्राइभिङबाट बच्नुहोस् ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप