नेविसंघका महामन्त्री तिमिल्सिना वडामै पराजित, पूर्व जिल्ला सभापति पनि हारे

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा कृष्णप्रसाद सिटौलानिकट तिमिल्सिना वडामै पराजित भएका हुन् ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा - ३ का तिमिल्सिनाले ७७ मत मात्र प्राप्त गरेका थिए । उनलाई पराजित गर्ने १७ मत बढी पाएका थिए । यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि वडाबाट माथि आउन सकेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका वडा ३ मा पराजित भएको हुन् ।
यस्तै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपालले पनि क्षेत्रीय प्रतिनिधिमा पराजित हुन परेको छ । सिन्धुपाल्चोकमा केन्द्रको संस्थापन पक्षले जिल्लाको स्थापन पक्षका प्रमुख नेताहरूलाई वडामै रोकिदिएको छ ।
यस्तै रोल्पामा केन्द्रको संस्थापन पक्ष निकट नेताहरूलाई जिल्लाको संस्थापन पक्षले वडामै सीमित पारेको थियो । सभापति शेरबहादुर देउवानिकट रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर माडी गाउँपालिका–२ मा पराजित भएका छन् ।
घर्तीमगर देउवा नेतृत्वको तत्कालीन काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिका भएका थिए । साबिकको घर्तीगाउँ गाविसका पूर्व अध्यक्ष घर्तीमगर १२ औँ अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए ।
यस्तै वर्तमान जिल्ला सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ मा पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही