शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको बैठक आज पनि, ५ वटा प्रस्तावमाथि समूहगत छलफल हुने

बुधबार, ०६ असोज २०७८, ०९ : ०३
बुधबार, ०६ असोज २०७८

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । मंगलबारबाट बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा प्रस्तुत ५ वटा प्रस्तावमाथि छलफल हुँदै छ । 

एकीकृत समाजवादीकमा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाका अनुसार सोमबारको बैठकमा राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटी विस्तार, अस्थायी कार्ययोजना, चुनाव चिह्न प्रस्ताव र समसामयिक प्रस्ताव पेस गरिएको छ । अध्यक्ष माधव नेपालद्वारा उक्त प्रस्तावमाथि ५ वटा समूहमा बुधबार छलफल हुने रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिन्छ । पाँच वट समूहमा छलफल गरेर आजै बैठक सम्पन्न गर्ने तयारी  छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप