पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
बुधबार, ०६ असोज २०७८, ०८ : ०१
चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीका सवारी ट्रायल सेन्टर मापदण्ड विपरीत चलिरहेको सतर्कता केन्द्रको ठहर
-
दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम
-
नीति तथा कार्यक्रममा सुदूरपश्चिम : मेगा फुड पार्कदेखि पुराना ६ आयोजनाको निरन्तरतासम्म
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय
-
छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु
-
सङ्घीयतामाथि चुनौती थपियो : बानियाँ