शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रजात्राको रौनक : श्वेत भैरवको प्रसाद खान महिलाहरूको भीड, तस्बिरमा हेर्नुहाेस्

मङ्गलबार, ०५ असोज २०७८, २१ : १९
मङ्गलबार, ०५ असोज २०७८

उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा एक दिन  बसन्तपुरमा महिलाहरुले श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गर्छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विषेश मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने प्रचलन छ ।

यसअघि भैरवको मुखबाट निस्किने जाँड पहिले पुरुषले मात्र खान्थे । अहिले महिलाका लागि छुट्टै दिन तोकिएको छ । त्यसैले मंगलबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लागेको थियो । प्रसाद खान चाहनेहरु लाइन लाग्नुपर्छ । प्रसाद रातको समय खुवाइन्छ । आइतबार राति पनि प्रसाद खान सयौं महिला हनुमानढोकामा उपस्थित भएका थिए । श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बाँडिएको थियो । यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप