बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय

मङ्गलबार, ०५ असोज २०७८, २० : १६
मङ्गलबार, ०५ असोज २०७८

सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए। खड्काको सपथ भोलि हुने भनिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलवार बसेको शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो। यसअघि सहरी विकास मन्त्री भइसकेका खड्का नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । 

२०२३ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका खड्काले अर्थशास्त्रमा भारतको पुनेबाट विद्यावारिधी (पिएचडी) गरेका थिए । खड्काले पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेदारी सम्हालिसकेका छन् । उनी उदयपुर १  उदयपुर क्षेत्र नम्वर १ लगातार निर्वाचित हुँदै आएका छन् ।

गठबन्धनले मन्त्रिपरिषद् विस्तारका बारेमा खाका तयार पार्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले आवश्यक छलफल गरी मन्त्रिपरिषद्मा कुन दलले के कति सदस्य लिने भन्ने बारेमा एउटा खाका तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप