बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव एक सातापछि भेटियो

मङ्गलबार, ०५ असोज २०७८, २० : ०९
मङ्गलबार, ०५ असोज २०७८

पोखरा । तनहुँमा एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव फेला परेको छ । शुक्लागण्डकी ८ को सेती नदीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा गतसाता सेतीमा खसेर बेपत्ता भएकी स्थानिय १९ वर्षीया युवती पवित्रा लम्सालको शव फेला परेको हो । 

सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा नदीमा खसेर बेपत्ता भएकी लम्सालको शब भिमाद ७ स्थित सेती किनारामा भेटिएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए । प्रहरी वरिष्ठ उपरिक्षक केसीका अनुसार उनको शव आज बिहान अन्दाजी ९ बजे भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो ।

सेतीमा हाम फाल्नु अघि उनी आफ्ना दुई साथीलाई टिकटक बनाउने बहाना बनाएर त्यहाँ पुगेकी थिइन् । उनी नदीमा खसेपछि संगै गएका साथीहरुले स्थानिय मार्फत प्रहरीलाई खबर गरिएको थियो । 

नदीतर्फ जाँदै गर्दा लम्साललाई साथीहरुले चिच्याउँदै नजान आग्रह गरेको सामाजिक संजालमा भिडियो सार्वजनिक भएको थियो । तर, लम्सालले साथीहरुको आग्रहको बेवास्ता गर्दै सेती नदी किनारमा पसेकी थिइन् । 

उनी बेपत्ता भएपछि प्रहरीले नदी किनारामा खोजी कार्य जारी राखेको थियो । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप