शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्न काठमाडौं विश्वविद्यालय र जाम्बियाबीच छलफल

मङ्गलबार, ०५ असोज २०७८, १९ : ४२
मङ्गलबार, ०५ असोज २०७८

धुलिखेल । विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गर्न काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महा वाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयूमा छलफल भएको हो ।

छलफलमा विश्वविद्यालयले विदेशी विद्यार्थीहरूका लागि हरेक संकायमा १० प्रतिशत सिट आरक्षण गरेको केयूले जनाएको छ ।  

केयूमा कार्यरत हरेक प्राध्यापक र सह प्राध्यापकको मातहत अनुसन्धानको काम गर्ने रिसर्च फेलो रहने नयाँ व्यवस्था अनुरुप यदि उक्त फेलो विदेशी नागरिक भएमा शिक्षण शुल्क र स्थानिय आवास सुविधा समेत उपलब्ध गराइने प्रावधान रहेको केयूले जनाएको छ । जसमा विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आकर्षित गरिएको नयाँ नीति जाम्बिया सहित अन्य अफ्रिकी मुलुकहरूमा प्रचार गरिदिन केयु पदाधिकारीहरूले आग्रह समेत गरेका छन् ।

उक्त छलफलमा नेपालमा जाम्बियाका मात्र नभई अन्य अफ्रिकी मुलुकका विद्यार्थीका लागि पनि उच्च शिक्षाको केन्द्र बन्न सक्ने खुबी औंल्याइएको छ । केयूबाट दिक्षित १९ जना जाम्बियाका नागरिक त्यहाँ विभिन्न क्षेत्रमा पहिलेदेखि नै कार्यरत रहेकाले अन्यलाई पनि आकर्षित गर्न सकिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप