शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा २०२१ सोरेन्टो हाइब्रिड एसयूभी सार्वजनिक गर्दै किया

मङ्गलबार, ०५ असोज २०७८, १९ : २७
मङ्गलबार, ०५ असोज २०७८

काठमाडौं । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटो निर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । 

हाइब्रिडमा १.६ लिटरको टीजीडीआई टर्बो पेट्रोल इन्जिनमा उपलब्ध सोरेन्टो ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्रीमा उपलब्ध छ । जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिने कम्पनीको दाबी छ । थप स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा हरित विकल्प समेत रहेको कम्पनीले बताएको छ । 

हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टीएमइडी संरचनामा आधारित सोरेन्टोफूल गियरबक्समा फूल ड्राइभिङको मज्जा लिन सकिन्छ । त्यसो त सातवटा एयरब्यागयुक्त सोरेन्टोमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताहरु समेत रहेको कम्पनीले जनाएको छ । 

नयाँ सोरेन्टो हाइब्रिडमा असाधारण ड्राइभ मोडहरु छन् । यसलाई सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ । जसले सडकमा अतुलनीय रोमाञ्चकता प्रदान गर्दछ ।  

साथै, गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट लगायत अन्य थुप्रै सुविधाहरु रहेका छन् । 

आकर्षक र बोल्ड लाग्ने गाडीमा बिफिएर १९ इन्चको अलोय ह्विल प्रयोग गरिएको छ भने, डुअल एलइडी प्रोजेक्सन हेडल्याम्प्स सहित फूल पानोरमिक सनरुफ समेत उपलब्ध गराइएको छ । 

नयाँ सोरेन्टो हाइब्रिड एययूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलरमा उपलब्ध छन् भने कम्पनीले गाडीको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप