वाणिज्य बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुग्यो, कर्जा लगानीमा पनि वृद्धि
अघिल्लो साताको तुलनामा यस साता वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन ह्वातै बढेको छ । नेपाल बैंकर्स संघले मंगलबार जारी गरेको साप्ताहिक रिपोर्ट अनुसार गत भदौ ३१ गतेसम्म बैङ्कहरूको निक्षेप बढेर ४१ खर्ब ७१ अर्ब पुगेको हो ।
समीक्षा अवधिमा (भदौ २५ देखि ३१ गतेसम्म) बैङ्कहरूको निक्षेप २६ अर्ब बढेको छ । जबकि अघिल्लो साता भदौ २५ गतेसम्म बैङ्कहरूको यस्तो निक्षेप सङ्कलन ४१ खर्ब ४५ अर्ब रहेको थियो । यस्तै, यता कर्जा लगानी तर्फ समेत समीक्षा अवधिमा २८ अर्बले वृद्धि भएको बैंकर्स संघले जनाएको छ । गत भदौ २५ सम्म बैङ्कहरूको कर्जा लगानी ३८ खर्ब ४४ अर्ब रहेकोमा ३१ गतेसम्म यस्तो लगानी बढेर ३८ खर्ब ७२ अर्ब पुगेको हो ।
अघिल्ला सातासम्म बैङ्कमा निक्षेप कम आएर कर्जाको माग बढ्दा बैङ्कहरू तरलता (लगानी योग्य रकम) को तनावमा थिए । तर, पछिल्लो साता निक्षेप सङ्कलनमा उल्लेखनीय सुधार आएसँगै बैङ्कहरूलाई केही सहजता मिलेको छ ।
त्यसो त निक्षेप सङ्कलन वृद्धिकै दबाबमा रहेका बैङ्कहरूले गत असोज १ गतेदेखि निक्षेप लगानीकर्ताहरू आकर्षित गर्ने गरी ब्याजदर प्रस्ताव गरेका छन् । यसले थप बैङ्कहरूको निक्षेप बढ्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा