एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरियो नेपाल
बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा हङकङसँग गोल रहित बराबरी खेल्दै अङ्क बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अङ्क जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले हङकङलाई दबाब दिएर खेले पनि पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन । नेपालले पहिलो पटक हङकङसँग बराबरी खेलेको हो । यस अघिको दुई भेटमा नेपालले नतिजा सुम्पिएको थियो । सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १–० ले पराजित भएको थियो भने १९८९ मा भएको दोस्रो भेटमा ३–० ले पराजित भएको थियो ।
छनोटको पहिलो खेलमा नेपालले सुरुवाती अग्रता अन्तिम मिनेटमा कायम राख्न नसक्दा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । उक्त खेलमा नेपालविरुद्ध फिलिपिन्सले बराबरी र इन्जुरी समयमा दोस्रो गोल गर्दै रोमाञ्चक जित निकालेको थियो । नेपालसँग बराबरीमा रोकियो छनोट हुने सम्भावना भने अझै कायमै छ । हङकङले अब अन्तिम खेलमा फिलिपिन्ससँग खेल्नेछ । उक्त खेलमा हङकङले सुखद नतिजा निकाले हङकङको अघिल्लो चरणको यात्रा तय हुनेछ भने पराजित भएको खण्डमा फिलिपिन्स अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागि हुने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी वरीयतामा अभिषेकको छलाङ
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा