विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाइ विदेशी मुद्रा अवैध रुपमा बाहिरी मूलक लैजान खोज्ने दुई जना पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडान नं. RA 229 द्वारा काठमाण्डौँबाट दुबई जान लागेका गुल्मी छत्रकोट गा.पा.वडा नं. ४ का ३९ वर्षीय तुलसीराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।
ब्यागेज चेकिङ एरियामा प्रहरीले चेकजाँच गर्ने क्रममा कँडेलको लगेजभित्र साउदी रियाल पचास हजार, दुबई दिराम तीन सय असी र नेपाली रुपैयाँ सोह्र हजार प्रहरीले बरामद गरेको थियो । उनलाई सोधपुछ गर्दा सो मुद्राहरु गुल्मीका ३८ वर्षीय केशबराज कँडेलले दिइ पठाएको बयान दिएका थिए । केशबराजलाई पनि प्रहरीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको एरियाबाट नियन्त्रणमा लिएको थियो । दुवैलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि बरामदसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन