मन्त्रिपरिषद्को निर्णय : राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने
सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सो बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै, सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ ।
यसको साथै कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने पनि आजको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । कोभिड–१९ व्यवस्था २०७८ स्वीकृत गर्ने सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासङ्घको सभामा भाग लिन जाने प्रतिनिधि मण्डल गठन गर्ने पनि सरकारले निर्णय गरेको कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेलु बाजेको निधन
-
सरकारकै बेवास्ताले भारतीय कम्पनीले ब्यान्डविथ आपूर्ति रोक्यो, के हो विवाद ?
-
रातभरमा इन्टरनेट समस्या समाधान हुन्छ : सञ्चारमन्त्री शर्मा
-
सर्लाहीमा आगलागी : विष्णु गाउँपालिका-१ मा ६५ भन्दा बढी घर जले
-
सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो
-
प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव