बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस

तीन महिने अभियान सञ्चालन गर्ने
मङ्गलबार, ०५ असोज २०७८, १० : ००
मङ्गलबार, ०५ असोज २०७८

नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समूह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ गराइएको पनि उनले जानकारी दिए । उनले भने – ‘थपिएका केन्द्रीय कमिटीका सदस्यहरू जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौँ ११६ जनाको नाम थियो । उहाँहरूलाई सनाखत गरिएका बाहेक, थप गरिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराएका छौँ । यसपश्चात् पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदन त्यसमा छलफल गर्नका लागि पाँचवटा समूहमा समूह छलफलका लागि सूची तयार पारेका छौँ र भोलि बिहान १० बजे सम्मका लागि समय निश्चित गरेका छौँ ।’

पार्टीको बैठक भोलि(बुधवार) पनि बस्ने उनले जानकारी दिए । भोलिको बैठकले समसामयिक प्रस्ताव परि गर्ने, कार्यविभाजन गर्ने उनको भनाई छ । तीन महिने अभियान चलाएर गरिने योजना रहेको उनले उल्लेख गरे ।

तीन महिने अभियान सञ्चालन गर्ने

पार्टीले आवधिक कार्ययोजना बनाइ  तीन महिने अभियान पनि सञ्चालन गरेर  देशभर पार्टी सुदृढिकरण र पार्टीलाई पुर्नजागृत गर्ने  भएको छ । मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीले तीन महिने अभियान सञ्चालन गर्ने जानकारी दिए ।

‘एउटा आवधिक योजना बनाउने र त्यसलाई तीन महिने अभियानको रूपमा सञ्चालन गरेर देशव्यापी रूपमा संगठन सुदृढीकरण,पार्टीको पुनर्जागरण अभियान सञ्चालन गर्नेछौ’, खतिवडाले बैठकपछि जानकारी दिए । गत भदौ ९ गते नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप