शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धनको बैठक बस्ने

मङ्गलबार, ०५ असोज २०७८, ०९ : ००
मङ्गलबार, ०५ असोज २०७८

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धन पाँच दलको बैठक बस्ने भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको जानकारी दिए ।

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए ।  मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप