क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएका हौँ : माधव नेपाल
नेकपा एकीकृत (समाजवादी पार्टी)का अध्यक्ष माधव नेपालले बाध्य भएर एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गर्नुपरेको बताएका छन् । साथै, उनले केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएको बताए ।
काठमाडौँमा मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरता भएको बताए । उनले विद्रोह गरेर जन्मिएको पार्टीले मात्र जनताको विश्वास जित्न सक्ने भन्दै आफ्नो नेतृत्वको पार्टीले जनताको विश्वास जितेरै छाड्ने बताए ।
‘कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी धारको निरन्तरता हो यो । विगतमा भएका कतिपय कमजोरीबाट हामी मुक्त हुन चाहन्छौ । नराम्रा कुराहरूलाई पन्छाउन चाहन्छौ’, नेता नेपालले भने, ‘देश, जनता र युवाको आवश्यकता तथा चाहाना अनुसार परिवर्तन गरेर हामी अघि बढ्न चाहन्छौ ।’
उनले आफ्नो पार्टी यथास्थितिवादी नभई परिवर्तनकारी हुने दाबी समेत गरे । ‘हामी यथास्थितिवादी होइन, परिवर्तनकारी शक्तिको धारका रूपमा उभिन चाहन्छौ’, अध्यक्ष नेपालले भने, ‘व्यक्तिवाद, गुटवाद, एकाधिकार, हुकुमी प्रवृत्तिका विरुद्ध सामूहिकताको भावनामा अघि बढिन चाहन्छौँ’, अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण