लिबियाको तटीय क्षेत्रबाट १३४ आप्रवासीको उद्धार
मङ्गलबार, ०५ असोज २०७८, १५ : ४२
संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चआयोग (युएनएचसीआर) ले सोमबार १३४ अवैध आप्रवासीहरुलाई लिबियाको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरेको छ । “समुद्रमा रोकिएका १३४ जनालाइ हिजो राती अज्जाविया आयल रिफाइनरीबाट बचाईएको थियो,” ट्वीटरमार्फत यूएनएचसीआरले बताएको छ ।
लिबिया शरणार्थी र आप्रवासीहरुलाई फिर्ता गर्नको लागी एक सुरक्षित बन्दरगाह नभएको यूएनएचसीआरले जनाएको छ । आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनकाअनुसार यस वर्ष अहिलेसम्म २४ हजार ४२० जना भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरिएको छ ।
उद्धार गरिएका ती आप्रवासीमा महिला र बालबालिका पनि रहेका जनाइएको छ । यद्यपी अन्य सयौंको मृत्यु हुनुको साथै लिबियाको तटीय क्षेत्रबाट बेपत्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा