उक्लियो नेप्से, बजेट कार्यान्वयनको आशाले लगानीकर्ता उत्साहित
सेयर बजार परिसूचक नेप्से अन्ततः १३.८३ अङ्कले बढेर २७ सय १२.०७ विन्दुमा अड्किन पुगेको छ । मंगलबार बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रामा रहेको परिसूचक बजार बन्द हुने बेलासम्म बाउन्स ब्याक हुँदै नेप्सेले झण्डै १४ अङ्कको वृद्धि गरेको हो ।
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत २.३६ अङ्कले वृद्धि हुँदै ५०८.६२ विन्दुमा उक्लिएको छ । यस दिन बैङ्किङ, होटल तथा पर्यटन, विकास बैङ्क, हाइड्रोपावर, जीवन तथा निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहहरु धनात्मक (पोजेटिभ) बन्दा व्यापार, फाइनान्स, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूह ऋणात्मक भएका छन् ।
यद्यपि, करिब १४ अङ्कले बढेको बजारमा ७ अर्बको मात्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज कुल २२३ कम्पनीको एक करोड ५३ लाख ६ हजार कित्ता सेयर बजारमा ९५ हजार ६४६ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ अर्बको कारोबार भएको हो ।
बजेट कार्यान्वयनको आशाले लगानीकर्ता उत्साहित
गत सोमबार अधिकतम ११४ अङ्कले घटेको बजारमा एकाएक दोस्रो दिन १३ अंकमाथिको सुधार आउनुले बजेटले काम गरेको बुझ्न सकिन्छ । किनकि गत सोमबार नै सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको परिमार्जित बजेट संसद्बाट पास गरेसँगै आम लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । संसद्बाट बजेट पास भएसँगै अब कार्यान्वयनमा आउने र सरकारी खर्च त्यसको लगानी नेप्सेमा समेत आउने देखिएकाले लगानीकर्ताहरू उत्साहित भएको बुझिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु