शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै राजधानीमा प्रदर्शन (तस्बिरहरु)

मङ्गलबार, ०५ असोज २०७८, १४ : ३९
मङ्गलबार, ०५ असोज २०७८

आणविक हतियार निषेध सन्धिलाई नेपालले अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् ।  २० सेप्टेम्बर २०१७ मै नेपालले सन्धिमा हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन हुन नसकेको हो ।  अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सन्धि अनुमोदनको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको बताएका थिए । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणि बञ्जारा, किरण ढकाल, दुर्गा राना, उमा गौतम, पूर्व सचिव बलबहादुर गाहा मगरसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप