जबज अंशबण्डामा परिसकेको छ : दमननाथ ढुंगाना

पूर्व सभामुख दमननाथ ढुङ्गानाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले अंशबण्डामा परेको बताएका छन् । मंगलबार काठमाडौमा श्वेतशार्दुल पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व सभामुख ढुंगानले भने, ‘अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डमा कता पर्ने हो थाहा छैन ।’ उनले अहिले कम्युनिस्ट र काँग्रेस दुवै पार्टीमा विचारको सङ्कट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजले कम्युनिस्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।
उनले कम्युनिस्ट पार्टीहरू पावर सेयरिङ नगरी पावर कन्सन्टेशनमा लाग्दा टुक्रिने गरेको पनि बताए । ‘मदन भण्डारीले कसरी लचिलो भएर जबजको भरमा पार्टीलाई अघि बढाउनुभएको थियो ?’, एमाले अध्यक्ष केपी ओली समेत सहभागी कार्यक्रममा ढुङ्गानाले भने, ‘मदनले कम्युनिस्ट पार्टीलाई पनि बचाउनुभयो, कम्युनिस्ट आन्दोलनलाई पनि बचाउनुभयो । संसदीय व्यवस्थाभित्र पस्नुभयो र आफ्नो नेता मनमोहन अधिकारीलाई प्रमुख प्रतिपक्षको नेता बनाउनुभयो ।’
उनले मदनको जस्तै फेक्सिविलिटी आजको कम्युनिस्ट पार्टीमा चाहिएको भन्दै कम्युनिस्ट पार्टी र लोकतन्त्रमा नै चुनौती रहिरहने बताए । उनले संविधान कहिल्यै पनि पूर्ण नहुने भन्दै त्यसलाई संशोधनमार्फत पूर्ण बनाउन सकिने भएकाले त्यसतर्फ दलहरूले ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन