एन्जाइटीका कारण र उपचार
कोरोना भाइरसको महामारीले मानिसलाई भौतिकरुपमा मात्रै टाढा बनाएको छैन, भावनात्मकरुपमा समेत अलग्याउन पुग्यो । मानिसको आर्थिक अवस्थासमेत डामाडोल बनायो । मानिस घरभित्रै कैद हुन पुग्यो । लामो समयसम्म भौतिकरुपमा दुरी कायम गर्नु पर्दा मानिस विभिन्न किसिमका मानसिक समस्याबाट समेत ग्रसित बन्न पुगेको अवस्था छ ।
यतिबेला संसारभरिकै अवस्था हेर्दा आत्महत्याको दर ह्वात्तै बढेको पाउन सकिन्छ । तनाव, एन्जाइटी र उदासीनताका बिरामीहरु अत्याधिक बढेको पाइन्छ । यस लेखमा समाजमा अत्यधिक बढेको एञ्जाइटीका बारेमा लेख्ने प्रयास गरिएको छ ।
एन्जाइटी वा चिन्ता पनि एक प्रकारको मानसिक समस्या हो । कुनै व्यक्तिलाई कुनै विषय वा घटनालाई लिएर चिन्ता हुनु अस्वाभाविक होइन । सामान्यतया चिन्तालाई समाधान गरे हटेर जान्छ । तर, कुनै व्यक्तिमा चिन्ता, डर, छटपटी चाहिनेभन्दा निकै बढी छ वा स्वाभाविकभन्दा धेरै छ भने यसले उसको दैनिक कामकाज र सम्वन्धमा पनि असर पारेको हुन्छ । जसलाई चिन्ताजन्य मानसिक समस्या भन्न सकिन्छ ।
एन्जाइटी एउटा लक्षणहरुको समूह हो, जसमा विनाकारण वा सामान्य कुरामा पनि डर लागिरहेको हुन्छ । एन्जाइटीमा मानिस प्रायः आफ्नो पेसा, व्यवसाय, अध्ययन वा घरको काम गरिरहेकै हुन्छ । तर, पनि जुन जोस, जाँगर र स्फूर्तिले गर्नु पर्ने हो, त्यसरी गर्न सकेको हुँदैन ।
उनीहरुलाई यो रोग निकै ठूलो रोग हो भन्ने हुन्छ । उनीहरुको निद्रा, भोक, बोलीचाली, व्यवहार तथा परिवारसँग मिलेर बस्ने क्षमतामा भने खासै परिवर्तन आएको हुँदैन । तर, यसबाट ब्यक्तिमा शारीरिक, मानसिक तथा व्यवहारिक रुपमा नकरात्मक असर पर्नुका साथै एन्जाइटीसँग सम्बन्धित लक्षणहरु देखिने गर्दछ ।
ब्यक्तिमा भीडभाडमा बोल्न नसक्ने, डराउने, हडबडाउने जस्ता समस्या पनि एन्जाइटीमा देखिन सक्छ । जुन उचित उपचार नपाएको खण्डमा लामो समयसम्म रहन्छ र यसलाई चिन्ताजन्य विकारको रुपमा लिन सकिन्छ ।
यो समस्यामा परेको ब्यक्तिले आफ्नो चिन्ताजन्य भावना नियन्त्रण गर्न सक्दैन । यसले मुटुको धडकन तेज हुने र शरीर काँप्ने जस्ता शारीरिक लक्षण पनि देखाउन सक्छ । अत्यधिक चिन्ता र डर नियन्त्रण गर्न नसक्दा ब्यक्तिको पेशागत, सामाजिक जीवनमा समेत समस्या पैदा हुने गर्दछ । विशेष गरी एन्जाइटीमा भविश्यप्रतिको चिन्ताले सताउने गर्छ साथै वर्तमान घटनाको समेत डरले उ निकै चिन्तित रहन्छ ।
एन्जाइटीका कारणहरु
जैविक कारण : हर्मोन र न्युरोट्रान्समिटरमा गडबडी भएमा एन्जाइटी हुन सक्छ ।
वंशाणुगत कारण : आमा वा बुबामध्ये एकलाई वा दुबैलाई एन्जाइटीसम्बन्धी समस्या भएमा छोराछोरीमा पनि यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ । एन्जाइटीसम्बन्धी समस्यामा ब्यक्तिको वंशाणुगत कारणले ठूलो भुमिका खेल्छ । विभिन्न शारीरिक तथा मानसिक रोगहरु, औषधीजन्य प्रभाव अथवा जटिल सर्जरी जस्ता चिकित्साजन्य कारणहरुले पनि एन्जाइटी सम्बन्धी समस्या निम्त्याउन सक्छ ।
मनोवैज्ञानिक कारण : यो व्यक्तिको विचार, भावना, व्यवहार, दृष्टिकोणसँग सम्बन्धित हुन्छ । जस्तै : ब्यक्तिमा घबराहट, चिन्ता अथवा बेचैन महसुस हुन्छ भने त्यस्तो व्यक्तिलाई एन्जाइटीसम्बन्धी समस्या भएका हुन सक्छ ।
सामाजिक कारण : अन्तरवैयक्तिक सम्बन्ध, वैवाहिक अवस्था भयो वा समाजमा एवं सामाजिक परम्पराहरुमा व्यक्ति आफु समायोजन हुन सकेन भने पनि उसमा एन्जाइटिसम्बन्धी समस्या देखिन सक्छ ।
वातावरणीय कारण : व्यक्तिले कार्यस्थलमा तनावपूर्ण अवस्था भोगेको छ भने पनि उसलाई एन्जाइटी डिसअर्डर हुन सक्छ । यौन दुव्र्यवहार सामना गरेको, परिवारमा राम्रो हेरविचार नपाएको, माया नपाएको, हिंसामा परेको तथा शोक वा आघातबाट गुज्रिएको अवस्थामा पनि एन्जाइटी डिसअर्डर हुन सक्छ ।
शारीरिक रोगहरु : कहिलेकाहिँ ब्यक्तिमा दीर्घ शारीरिक रोगहरु लागेको हुन्छ । क्यान्सर, एचआइभी पोजेटिभ जस्ता रोगहरु लाग्दा पनि ब्यक्तिमा एन्जाइटीको समस्या हुन्छ ।
डिप्रेसन वा उदासीनता : डिप्रेसनका बिरामीहरुमा पनि यो रोग देखिने गरेको छ ।
चिन्ता (Anxiety) का लक्षणहरु
· मुटुको धड्कन अत्याधिक बढेको महसुस हुने
· निन्द्रामा गडबडी
· त्रास, डर, असजिलो, छटपटी हुने
· छिटो छिटो दिशा पिसाब हुने
· पेट सम्बन्धी समस्या देखिने
· हात खुट्टा चिसो हुने, भाउन्न हुने, थरथर काँप्ने
· रिँगटा लाग्ने
· मानसिक तनाव भैरहने जसका कारण टाउको दुख्ने, छटपटी हुने र हातहरूमा सामान्य कम्पन आउने
· घाँटीमा गाह्रो भएको, निस्सासिएको महसुश हुने
· अत्याधिक पीर र चिन्ताको महसुश हुने, चिन्ता लिन्न भनेर जतिसुकै प्रयास गर्दा पनि केही नलाग्ने
· कुनै कुरामा ध्यान केन्द्रित गर्न कठिनाइ हुने
· खल्खली पसिना आउने
· विनाकारण एक्कासी डर लाग्ने, आत्तिने
· थकित अथवा कमजोर महसुस हुने
· घबराहट, बेचैन महसुस हुने
· तनावग्रस्त भएको अनुभव हुने
· दुखेको महसुस हुने
· शान्तसँग बस्न नसक्ने
· मुख सुख्खा हुने
· मांशपेसीहरुमा तनाव संकुचनको अनुभूति
· समस्याका बारेमा चाहिने भन्दा धेरै सोच्ने
· चिन्तालाई नियन्त्रण गर्न कठिनाई
· आसन्न खतरा, आतंक, पीडा अथवा बर्बादीको अनुभूति हुने
एन्जाइटी डिस्अर्डरबाट मानिसलाई बाहिर निकाल्ने विधि :
१० यो रोग जटिल अवस्थामा छ भने मनोचिकित्सकको सल्लाह बमोजिम औषधीजन्य उपचार गर्न सकिन्छ ।
२० मनोपरामर्श र साइकोथेरापी जस अन्तर्गत विभिन्न किसिमका तरिकाहरू अपनाउन सकिन्छ । जस्तै– विभिन्न किसिमका आरामदायी अभ्यासहरू, भावनात्मक सहयोग, कग्नेटिभ बिहेभियर थेरापी आदि । कतिपय सेवाग्राहीलाई औषधी तथा साइकोथेरापी र मनोपरामर्श दुवै सेवासँग सँगै गर्दा छिटो पहिलेको अवस्थामा फर्कन सक्छन् ।
३०जीवनशैलीमा सुधार जसअन्तर्गत उचित आहार, निद्रा, व्यायाम, आराम, तनाव व्यवस्थापन, योगा तथा ध्यान आदि नियमित गर्नाले पनि एन्जाइटी सञ्चो हुन्छ ।
४० एन्जाइटीका सेवाग्राहीलाई सामाजिक समर्थन सञ्जाल तथा मनोसामाजिक सहयोगद्वारा पनि उपचार गर्न सकिन्छ । परिवारलाई समेत मनोशिक्षा दिएर यसको उपचार गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी डाक्टरलाई कडाइ : कार्यालयमा नबसे अब भोग्नुपर्छ कारबाही
-
भन्सालीको फिल्ममा ओरी
-
सभापति पोखरेलको जवाफ– म जुनसुकै परीक्षामा बस्न तयार छु
-
श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि भन्ने चिन्ता भयो : सांसद केसी
-
ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा
-
भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका