शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सर्‍यो

मङ्गलबार, ०५ असोज २०७८, ११ : ०७
मङ्गलबार, ०५ असोज २०७८

माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन सारिएको छ । यही असोज ८, ९ र १० गते तय भएको राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै सारिएको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 
उनका अनुसार मंगलबार अध्यक्ष प्रचण्डको उपस्थितिमा क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमको बैठक बसेर असोज १४, १५ र १६ गते सम्मेलन गर्ने निर्णय भएको छ । 

क्रान्तिकारीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह दौडमा छन् । यस्तै, हालसम्म महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको आकांक्षी देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप