पतिलाई मार्न ६० हजार रुपैयाँ सुपारी
मङ्गलबार, ०५ असोज २०७८, ०८ : ५७
आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार उपचारको बहानामा दुखरणलाई भारतको जयनगर पु–याई हरिहरदेवीले भारतीय नागरिक मुकेश यादव समूहलाई ६० हजार रकमको सुपारी दिएकी थिइन् । प्रवक्ता डिएसपी सुवास बुढाथोकीले हरिहरदेवीलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
दुखरणको शव विहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर बजार नजिकै गत भदौ १९ गते फेला परेको थियो । महराको शव धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार