कृष्णाले उदित नारायणलाई देखेपछि भने, ‘तपाईंले मामा (गोविन्दा) को याद दिलाउनुभयो, असाध्यै राम्रो लाग्यो’
भारतीय हास्य कलाकार कृष्णा अभिषेकले ‘द कपिल शर्मा सो’ मा आफ्ना मामा गोविन्दालाई याद गरे । वास्तवमा आइतबारको संस्करणमा उदित नारायण पाहुना बनेर पुगेका थिए । उदितलाई देखेपछि कृष्णालाई आफ्ना मामा गोविन्दाको याद आएको रहेछ । उनले भने, ‘तपाईंलाई देखेपछि मामाको याद आयो, निकै राम्रो लाग्यो ।’
स्मरण रहोस्, कृष्णा र गोविन्दा आजकाल आफ्नो विवादका कारण चर्चामा छन् । द कपिल शर्मा सोको पछिल्लो भागमा जब गोविन्दा आफ्नी श्रीमती सुनिता आहुजासँग पाहुना बनेर पुगेका थिए त्यतिबेला कृष्णाले उक्त भागमा आफ्नो प्रस्तुति दिन अस्वीकार गरे । त्यसपछि गोविन्दाकी श्रीमती सुनिताले एक अन्तरवार्तामा कृष्णाको मुख नै हेर्न नचाहेको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘कृष्णा अभिषेकले त्यो भागमा प्रस्तुति नदिनका लागि मेरो परिवारबारे जे जति कुरा गरे, त्यसले मलाई कति दुःखी बनाएको छ भनेर म तपाईंलाई भन्न सक्दिनँ ।’
कृष्णाले आफूले कुनै बखेडा निम्त्याउन नचाहेको भन्दै उक्त कार्यक्रममा प्रस्तुति दिन नलागेको बताएका थिए ।
अघिल्लो वर्षको नोभेम्बरमा गोविन्दाले एउटा वक्तव्य जारी गर्दै आफ्नो मत राखेका थिए र आफ्नो घरभित्रको कुरा सार्वजनिक नगर्ने बताएका थिए । गोविन्दा आफ्नो कुरामा अडिग रहे ।
यता सुनिताले भनिन्, ‘म एक पटक पुनः के दोहोर्याउन चाहन्छु भने हामी आपसमा दूरी कायम गर्न चाहन्छौँ । तर कुरा अब कतिसम्म बढिसकेको छ भने मलाई लाग्छ यो विषयमा कुरा गर्नु नै पर्छ । म आफ्नो जीवनमा कहिल्यै पनि कृष्णाको अनुहार हेर्न चाहन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत
-
स्पेनिस ला–लिगा फुटबलमा जिरोना र एलाभेसले अंक बाँडे
-
‘गर्भपतन गर्नु कुनै ‘पाप’ होइन’
-
शीर्ष स्थानमा रहेको कोलकातालाई दौडबाट बाहिरिएको मुम्बईको चुनौती
-
काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने