हारबाट जोगियो बार्सा
मङ्गलबार, ०५ असोज २०७८, ०६ : ४५

निकै निरस खेल प्रदर्शन गरेको बार्सिलाना स्पेनिस ला लिगामा ग्रान्डासँग आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । रोनाल्ड आराउजोले खेलको अन्तिममा मिनेटमा गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो । नतिजाले प्रशिक्षक रोनाल्ड कुमानमाथि थप दबाब बढेको छ ।
सोमबार राति भएको खेलमा डोमिङ्गो डुआर्टेले खेलको दोस्रो मिनेटमा नै ग्रान्डालाई अग्रता दिलाएका थिए । गत हप्ता बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको बार्सिलोनाको प्रदर्शन सन्तोषजनक रहेन । बराबरी फर्काउनका लागि बार्साले खेलको ९० औँ मिनेटसम्म पर्खनुपरेको थियो ।
बराबरीपछि बार्सिलोना लिगमा अपराजित रहेको छ । चार खेलबाट ७ अंक बटुल्दै टोली लिगको आठौँ स्थानमा रहेको छ । ग्रानाडा भने हालसम्म जीतविहीन रहेको छ । ३ अंकसहित टोली लिगको १७ औँ स्थानमा सिमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी