सुदूरपश्चिम : ५३ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १५ जनाको नमूना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अड्तीसमा पीसीआर र १५ मा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३६ र महाकाली अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा १२, दार्चुलाका दुई र डडेल्धुराका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर १९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको सुर्मा गाउँपालिका–४ का ५० वर्षीय पुरुष र सोही गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल