एमालेमा पार्टी सदस्यता लिएको १५ वर्ष नपुगेसम्म केन्द्रीय समितिमा बन्देज
एमालेमा पार्टी सदस्य भएको १० वर्षपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाउने अवसर प्राप्त हुने भएको छ । एमालेको संशोधित विधान मस्यौदामा भनिएको छ – ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ।’ तर, महिला, दलित, श्रमजिवी वर्ग, सीमान्तकृत जनजाति र अपांगता भएकाहरुको हकमा भने ७ वर्षमै यो अवसर प्राप्त हुने छ ।
महाधिवेशन प्रतिनिधि बन्दैमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने अवसर पनि प्राप्त हुँदैन । त्यसका लागि थप ५ वर्ष अझै पर्खिनुपर्नेछ । यस्तै केन्द्रीय कमिटीको पदाधिकारीका लागि स्थायी कमिटी वा पोलिटब्युरो र स्थायी कमिटी सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय सदस्यको एक कार्यकाल पुरा भएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।
विधानमा केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि कम्तिमा १५ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको भने पार्टीको जिम्मेवार निकायमा काम गरिसकेको र केन्द्रीय प्रतिनिधि पनि भइसकेको हुनुपर्नेछ । तर आरक्षण कोटाका लागि यसमा १० वर्षको सीमा निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण