एमालेमा पार्टी सदस्यता लिएको १५ वर्ष नपुगेसम्म केन्द्रीय समितिमा बन्देज

एमालेमा पार्टी सदस्य भएको १० वर्षपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाउने अवसर प्राप्त हुने भएको छ । एमालेको संशोधित विधान मस्यौदामा भनिएको छ – ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ।’ तर, महिला, दलित, श्रमजिवी वर्ग, सीमान्तकृत जनजाति र अपांगता भएकाहरुको हकमा भने ७ वर्षमै यो अवसर प्राप्त हुने छ ।
महाधिवेशन प्रतिनिधि बन्दैमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने अवसर पनि प्राप्त हुँदैन । त्यसका लागि थप ५ वर्ष अझै पर्खिनुपर्नेछ । यस्तै केन्द्रीय कमिटीको पदाधिकारीका लागि स्थायी कमिटी वा पोलिटब्युरो र स्थायी कमिटी सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय सदस्यको एक कार्यकाल पुरा भएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।
विधानमा केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि कम्तिमा १५ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको भने पार्टीको जिम्मेवार निकायमा काम गरिसकेको र केन्द्रीय प्रतिनिधि पनि भइसकेको हुनुपर्नेछ । तर आरक्षण कोटाका लागि यसमा १० वर्षको सीमा निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई परीक्षा : गोलाप्रथाद्वारा केन्द्राध्यक्ष तय गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण
-
चैतमा ८ फिल्म : स्टारको दबदबा र कथामा भेराइटी
-
आईपीएल सुरु हुनुअघि कोलकातालाई झट्का, घाइते भए तीव्र गतिका बलर
-
किसान र शिक्षकको योगदानलाई समाजले कदर गर्न जानेन कि !
-
सचिन तेन्दुल्करको कप्तानीमा रहेको भारतले जित्यो आईएमएलको उपाधि
-
गेटामा मेडिकल विश्वविद्यालय : राजनीतिक प्रतिबद्धताको बाढी, प्रगति सुस्त