बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ
बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख रकम जरिवाना र पीडितलाई भराउनुपर्ने फैसला भएपछि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ घर भएका ६७ वर्षीय कृष्णबहादुर थापालाई वीरगञ्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
रवीन्द्र थापाको जाहेरीमा उच्च अदालत पाटनले कृष्णबहादुर विरुद्ध २०७७ मंसिरमा १ करोड २५ लाख बिगो र ७५ लाख जाहेरवालालाई भराउने फैसला गरेको थियो । बैङ्किङ कसुरको सो मुद्दामा उनलाई अदालतले १७ दिन कैद तोकेको थियो ।
राजन श्रेष्ठले दायर गरेको चेक अनादर मुद्दामा जिल्ला अदालत काठमाडौँले २०७३ माघमा थापाबाट १७ लाख भराउने फैसला गरेको थियो । अर्को मुद्दामा जिल्ला अदालत काठमाडौँले २०७५ असोजमा थापालाई १ वर्ष जेल सजाय हुने फैसला गरेको थियो ।
बूढानीलकण्ठ घर भएका थापा पछिल्लो समय बाराको जितपुर सिमरा उप–महानगरपालिकामा बस्दै आएका थिए । महाशाखाको टोलीले बारा र पर्सा प्रहरीसँगको समन्वयमा उनलाई वीरगञ्ज महानगरपालिका–१५ पूर्णिमा चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । जिल्ला अदालत काठमाडौँको आदेशले थापालाई डिल्लीबजार कारागार चलान गरिएको एसएसपी खापुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी