शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा अत्यधिक ट्राफिक जाम

ट्राफिकका एसएसपी भन्छन्- ‘पानी परेर जाम भयो’
सोमबार, ०४ असोज २०७८, २० : २६
सोमबार, ०४ असोज २०७८

काठमाडौं उपत्यकामा सोमबार अत्यधिक ट्राफिक जाम भएको छ । कार्यालय सकेर घर फर्किनेहरू र अत्यावश्यक कामले हिँडेकाहरू घण्टौँ सडकमा कुर्न बाध्य भएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले ‘झरीका कारण जाम भएको’ बताएका छन् ।

‘अन्य दिनभन्दा आज जाम बढेको छ’ भट्टराईले भने–‘जाम बढ्नुको कारण एउटा झरी देखिएको छ ।’ सोमबार मध्यान्हदेखि उपत्यकामा पानी परिरहेको छ । पानी परेपछि सडकमा पानी जमेको र पानी जमेको भागमा गाडी जान नचाहँदा जाम हुने गरेको भट्टराईले बताए ।  

ललितपुरको युएन पार्क, काठमाडौंको लैनचौर, केशरमहल, थापाथली र त्रिपुरेश्वरमा अत्यधिक जाम छ । उपत्यकाका अरु सडकमा अन्य दिनमा भन्दा गाडीको चाप बढेको छ । ट्राफिक ब्यवस्थापनका लागि उपत्यकामा दैनिक १ हजार ५ सय ट्राफिक प्रहरी खटिन्छन् । दुईपांग्रे र चारपाङ्ग्रे समेत गरेर उपत्यकामा करिब दैनिक १५ लाख सवारी साधन चल्छन् ।

अचानक जाम बढ्नुमा पानी बाहेक अन्य कारण नदेखिएको ट्राफिक प्रहरीको निष्कर्ष छ । उपत्यकामा विहान र साँझ कार्यालय समयमा दैनिक सवारीको चाप बढ्ने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप