मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गाई काटेको अभियोगमा १० जना पक्राउ

सोमबार, ०४ असोज २०७८, १८ : ३०
सोमबार, ०४ असोज २०७८

मकवानपुरको बकैयाबाट गाई काटेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार साँझ साढे ७ बजेको समयमा बकैया गाउँपालिका वडा नम्बर–११ बाट गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका वडा नम्बर–४ बस्ने ४ बस्ने बर्ष ४८ को प्रल्हाद भक्त न्यासुर, बकैया–९ बस्ने वर्ष ५० की सञ्चमाया ब्लोन, वर्ष ४२ की फुलमाया थिङ, वर्ष १८ को सन्देश विक, वर्ष ४० को सोमबहादुर तमाङ, बर्ष १९ को सोमबार ब्लोन, बकैया–११ बस्ने वर्ष ३९ को जनकबहादुर ल्हो, वर्ष ४३ को राजकुमार घलान, बर्ष ४० को रविन्द्र ल्हो र वर्ष ३३ को पम्पराज ल्हो रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा गाई काटी मासु भाग लगाइरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । 
पक्राउ परेकाहरु उपर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । यसअघि पनि मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ पदमपोखरी रमन्टारमा गाई काटेको अभियोगमा ५५ वर्षीय कान्छीमाया ब्लोनलाई प्रहरीले गत २०७४ फागुन १५ गते पक्राउ गरेको थियो ।

गत २०७४ कात्तिक २७ गते बेलुका गाइ काटेर खाएको अभियोगमा ब्लोनलाई प्रहरीले पक्राउ गरिएको थियो । घटना भएको ५ महिना पनि पक्राउ परेकी ब्लोनले प्रहरीलाई दिएकी बयानका आधारमा अन्य ३ जनालाई पनि पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप