एमाले स्थायी समिति बैठक : तीन वटै प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय
सोमबार, ०४ असोज २०७८, १८ : १९
नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठकबाट तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । आइतबारदेखि सुरु भइ आज सम्पन्न बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईको भनाइ छ । यससँगै अब विधान महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नेगरी पार्टी पंक्ति लागिपर्ने उनको भनाइ छ । स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि लिखित तथा मौखिक सुझाव दिएको भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण