मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले स्थायी समिति बैठक : तीन वटै प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय

सोमबार, ०४ असोज २०७८, १८ : १९
सोमबार, ०४ असोज २०७८

नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठकबाट तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ । आइतबारदेखि सुरु भइ आज सम्पन्न बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको सचिव योगेश भट्टराईले जानकारी दिए । 

एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईको भनाइ छ । यससँगै अब विधान महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नेगरी पार्टी पंक्ति लागिपर्ने उनको भनाइ छ । स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि लिखित तथा मौखिक सुझाव दिएको भट्टराईले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप