शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा पर्खालले च्यापिएर युवकको मृत्यु

सोमबार, ०४ असोज २०७८, १७ : ५९
सोमबार, ०४ असोज २०७८

पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ । सोमबार पोखराको बाझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर भारत वेतियाका २० वर्षीय रितेश रामको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका रितेशको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । उनी हाल पोखरा मियापाटन बस्दै आएका थिए । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केसीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप