शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

काठमाडौंमा रोहिंग्या भित्र्याउने ३ जना एजेण्ट पक्राउ, अमेरिका पठाइदिने प्रलोभन

सोमबार, ०४ असोज २०७८, १७ : ५८
सोमबार, ०४ असोज २०७८

बंगलादेशको शरणार्थी क्याम्पमा रहेका म्यानमारका शरणार्थीलाई नेपाल ल्याउने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती शरणार्थीहरुलाई नेपालबाट अमेरिका जान मिल्ने र तत्काल पठाइने, मासिक भत्ता राम्रो पाइनेलगायतका प्रलोभन दिएर काठमाडौं भित्र्याउने कार्यमा संलग्न रहेको आरोपमा २ म्यानमार र १ बंगलादेशी नागरिकलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा म्यानमारका नागरिक नोरुल अमिन, शोफिक आलम र बंगलादेशी नागरिक अजमत उल्ला रहेका छन् । उनीहरु काठमाडौं बस्दै आएका थिए भने अनुसन्धान पछि रोहिंग्या भित्र्याउने कार्यमा एजेन्टको भूमिका खेलेको पाइएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । 

केही दिनअघि प्रहरीले अवैधरुपमा नेपाल आएर बौद्ध पुगेका १४ रोहिंग्यालाई बौद्धबाट पक्राउ गरेर अध्यागमनलाई बुझाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप