मल खरिदका लागि तीन अर्ब थप
सरकारले रसायनिक मलका लागि छुट्याएको रकममा ३ अर्ब थपेर १५ अर्ब रुपैयाँ पुर्याएको छ । यसअघि आर्थिक वर्ष २०७८/७९ को बजेटमा रसायनिक मलका लागि १२ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । अहिलेको सरकारले ल्याएको संशोधन बजेटले ३ अर्ब रुपैयाँ थपेको हो ।
कृषि मन्त्रालयका सहसचिव हरिबहादुर केसीले रसायनिक मलका लागि सरकारले दिएको १२ अर्ब रुपैयाँमा ३ अर्ब थपेर १५ अर्ब पुर्याएको जानकारी दिए । यो १५ अर्बले अढाइदेखि तीन लाख मेट्रिक टनसम्म मल खरिद गर्न सकिन्छ । उनले भने– ‘नेपालका लागि मल खरिद गर्न २५ अर्बभन्दा बढी रकम चाहिन्छ, यो १५ अर्बले किसानलाई मल पुर्याउन सकिँदैन ।’
रसायनिक मलको अन्तराष्ट्रिय मूल्यमा अत्याधिक वृद्धि भएकोले अहिले विनियोजित बजेटले सोचेजति मल खरिद गर्न नसकिने उनले बताए । नेपालमा पाँचदेखि ६ लाख मेट्रिक टन मल खपत हुने गरेको उनले बताए । त्यसका लागि २५ अर्बभन्दा बढी रकम चाहिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल