शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रिबन इन्टरटेनमेन्टले मिसेस वर्ल्ड नेपाल छान्ने

सोमबार, ०४ असोज २०७८, १७ : ४१
सोमबार, ०४ असोज २०७८

विवाहित महिलाहरुको सहभागिता रहँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ अब ‘मिसेज वर्ल्ड नेपाल’ को नामबाट आयोजना हुने भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने उदेश्यले मिसेस नेपाल इन्टरनेसनललाई परिमार्जित गरेर मिसेस वर्ल्ड नेपालको रुपमा प्रस्तुत गर्न लागेको हो ।

कोरोनाको कारण पाँचौ संस्करण  अर्थात ‘मिसेस नेपाल इन्टरनेसनल ०१९’ आयोजनामा आएर अड्किएको यो प्रतियोगिता अब भने मिसेस वर्ल्डको नामबाट नियमित आयोजना हुनेछ । विवाहित महिलाहरुको प्रतिभा निखार्ने र उनीहरुलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्लेटफर्ममा जान सक्ने बनाउने उदेश्य मिसेस नेपाल वर्ल्डको रहेको आयोजक संस्था रिबन इन्टरनेशनका अध्यक्ष निशुकान्त झाले बथाए ।

‘मिसेस नेपाल वल्र्ड’ को पहिलो संस्करणको घोषणासँगै यसका विजेताले सन् २०२२ को जनवरीमा लस भेगासमा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्’ निशुले भने–‘यो वर्षबाट हामीलाई त्यो अवसर प्राप्त भएको हो ।’ महिला सशक्तिकरणका लागि सामाजिक मुद्दा उठाइने र विजेताले वर्षभरी उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने प्रावधान राखिएको प्रतियोगिताको मञ्चमा एकसाथ तीन बिजेता मिसेस नेपाल वल्र्ड र  मिसेस नेपाल इन्टरनेशनलका साथै एमएस नेपाल इन्टरनेशनल  छानिनेछन् ।

मिसेस् नेपाल इन्टरनेसनल र एमएस नेपाल इन्टरनेशनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने आयोजक पक्षले जानकारी गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप