एनआरएनएको विवादबारे परराष्ट्र मन्त्रालयमा छलफल
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादका सन्दर्भमा परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । एनआरएनएका ३ अभियन्ताको उजुरी परेपछि परराष्ट्रले सोमबार अध्यक्ष कुमार पन्तसँग छलफल गरेको हो।
छलफलमा मन्त्रालयले विवाद समाधान चाँडोभन्दा चाडो गर्न अध्यक्षलाई आग्रह गरेको बताइएको छ । बैठकपछि अध्यक्ष पन्तले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न मन्त्रालयको सहयोग रहने कुराले हर्षित हर्षित भएको प्रतिक्रिया दिए ।
विवाद र अस्पष्टता भएका ठाउँमा एनआरएनएले नै आपसी समझदारीबाट निकास निकाल्ने उनको भनाइ छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै उजुरी परेपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो ।मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात कुमार पन्त समूहले धाँधली गरेको इतर समूहको आरोप छ ।
उजुरी दिनेमा एनआरएनए आइसीसी पूर्वसचिव जानकी गुरुङ, कतारबाट मानार्थ सदस्य नवराज (शनिकुमार) ओली र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
