जनकपुरमा जमेकी हिमानी : छात्रासँगै बेन्चमा बसेर भनिन्, ‘मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो’
![जनकपुरमा जमेकी हिमानी : छात्रासँगै बेन्चमा बसेर भनिन्, ‘मलाई पनि म्याथ र साइन्स गाह्रो भएको थियो’](https://rpcdn.ratopati.com/media/albums/himani_5_rsbi7Rzutl.jpeg)
पूर्व युवराज्ञी हिमानी शाह आइतबार जनकपुरधाम पुगेकी छिन् । हिमानी ट्रस्टले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । जनकपुरधाम पुगेसँगै उनले आइतबार नै जानकी मन्दिरमा विशेष पूजा आराधना गरेकी छिन् । पूजा आराधनाका लागि विशेष प्रबन्ध मिलाइएको थियो ।
आफ्नो संस्था हिमानी ट्रष्टको तर्फबाट हिमानीले त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी छिन् । उक्त बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आरसेनिकलगायतका पदार्थ नष्ट हुने भएकोले बोतलमा राखेपछि पानी पिउन योग्य हुने ट्रस्टको प्रतिनिधि उत्तम निरौलाले बताए ।
यसै क्रममा, हिमानीले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रासँगै बेन्चमा बसेर अन्तरक्रिया गरिन् । साधारणतया सर्वसाधारणसँग खासै कुराकानी नगर्ने हिमानीले भने यसपटक आफूसँगै बसेका तीनजना छात्रासँग पढाइकै विषयमा कुराकानी गरिन् । उनले छात्रालाई पालैपालो ‘कुन विषय मनपर्छ ’ भनेर प्रश्न सोधिन् ।
जवाफमा छात्राले ‘म्याथ र साइन्स’ भने । साथै म्याथ र साइन्स गाह्रो हुने एक छात्राले हिमानीलाई बताइन् । हिमानीले छात्राको कुरामा सहमति जनाउँदै हाँस्दै भनिन्, ‘हो मलाई पनि गाह्रो भएको थियो ।’
विद्यालयका एक प्रतिनिधिले हिमानी समक्ष विद्यालय समयमा छात्राले भोग्नुपरेका विभिन्न समस्याबारे समेत अवगत गराए ।
हिमानीलाई धेरैले मृदुभाषी समेत भन्छन् । उनले कार्यक्रमका बेला गर्ने सम्बोधन तथा भाषणमा पनि धेरैले रुची राख्छन् । हिमानी ट्रष्टको अध्यक्षता गरिरहेकी उनी नेपालका दुर्गम जिल्लामा थुप्रै पटक सहयोग सामग्री लिएर पुग्ने गरेकी छिन् । हिमानीलाई थुप्रैले बाहिरी र भित्री दुबै रुपमा सुन्दर भएको बताउने गर्छन् । उनको सामाजिक कार्यसँग जोसुकै अवगत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
-
सैफ अली खानमाथि आक्रमण भएको रात छोराले सोधेको थियो - तिमी मर्न लागेको हो र ?
-
नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय