बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

होङ्सी सिमेन्टलाई वैकल्पिक माध्यमबाट तीन महिनाभित्रमा विद्युत

सोमबार, ०४ असोज २०७८, १६ : ३२
सोमबार, ०४ असोज २०७८

विद्युत प्राधिकरणले चिनियाँ लगानीमा खुलेको होङ्सी सिमेन्टलाई तीन महिना भित्रमा विद्युत् सेवा दिने भएको छ । प्राधिकरणले भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी विद्युत आपूर्ति दिन लागेको हो ।

उद्योगका लागि निर्माण भइरहेको १३२ केभीको बर्दघाट–सर्दी प्रसारण लाइन निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिन लागिएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगका पदाधिकारीहरूसँग छलफल गरी तीन महिनाभित्र विद्युत आपूर्ति दिन सकिने र त्यसका लागि आवश्यक तयारी गर्न आग्रह गरेका छन् ।

उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्सीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण  बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप