बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकारलाई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

सोमबार, ०४ असोज २०७८, १६ : ३०
सोमबार, ०४ असोज २०७८

प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठान रुपन्देहीले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बुटवलमा आज एक समारोहका बीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्वमन्त्री दीपक बोहराले  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

अमेरिकास्थित होप ईन्टरनेश्नल परियोजना र प्रतिष्ठानको सहकार्यमा पीपीई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आईसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरू हस्तान्तरण गरिएको  प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

सोही अवसरमा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको प्राथमिकताका रूपमा रहेको बताउँदै खोप सबै नागरिकलाई लगाउने व्यवस्था मिलाउने कामको लागि काम भइरहेको बताए । उनले प्रदेश सरकारले मुटुको भल्भ फेर्न, क्यान्सर रोगीलाई उपचार मा २–२ लाख सहयोग गर्ने निर्णय समेत गरेको स्मरण गर्दै यहाँबाट विशेषज्ञ अस्पतालबाट सेवा दिन सक्ने गरी  काम भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप