ad
अर्थ संवाद

‘गरिमा विकास बैङ्क अरूमा मिसिँदैन, अब वाणिज्य बैङ्क बन्छ’

गरिमा विकास बैङ्कका सीईओ गोविन्दप्रसाद ढकालसँग रातोपाटी अर्थसंवाद

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0
फोटो-कृष्ण खड्का

 


राष्ट्रियस्तरमा चम्किँदै गरेको एक विकास बैङ्क हो, गरिमा विकास बैङ्क । हाल बैङ्कको नेतृत्वदायी भूमिका छन् : प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकाल । विकास बैङ्कहरू मध्येबाटै ‘सीईओ अफ द एयर, २०२१’ बाट सम्मानित भइसकेका ढकालले अहिले यो बैङ्कलाई हाँक्दैछन् । आम लगानीकर्ता, सेवाग्राहीदेखि बैङ्कका कर्मचारीलाई समेत उचित सेवा सुविधा प्रदान गर्ने उद्घोष गरेका ढकालले बैङ्कलाई नै स्तरउन्नति गर्दै अब विकास बैंकबाट वाणिज्य बैङ्कमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन् । निकट भविष्यमै बैङ्कको चिनारी ‘गरिमा बैङ्क’ हुने उनको भनाइ छ । सीईओ ढकालसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको कुराकानी :



गरिमा विकास बैङ्कले आफ्नो बैङ्किङ व्यवसाय कसरी अघि बढाइरहेको छ ?



गरिमा विकास बैङ्क शुरूमा तीन जिल्लाबाट शुरू हो । दुई करोड ६५ लाख रुपैयाँजति पुँजी राखेर बैङ्क खोलिएको थियो । त्यसपछि हामीले थप दुईवटा विकास बैङ्क (निर्जिविका र सुभेक्षा विकास बैङ्कसँग मर्जर ग–यौँ । त्यसपछि हाम्रो बैङ्किङ क्षेत्र केही विस्तार हुन पुग्यो । जतिबेला हामीले केन्द्रीय राजधानी काठमाडौँमा सञ्जाल विस्तार गर्दैथ्यौँ–त्यतिबेलासम्म गरिमा विकास बैङ्कलाई हेर्ने दृष्टिकोण नै फरक थियो । ग्रामीण क्षेत्रबाट आएको सानो बैङ्कको रूपमा हेर्ने गरिन्थ्यो ।



तर, हामीले गरेको मेहनत, दिइरहेको सेवा, कर्मचारीहरूको साथ सहयोग र आत्मीयता र सेवाग्राहीहरूको मायाले गर्दा बैङ्क आज यो अवस्थासम्म आइपुग्न सफल भएको हो । आज हामी राष्ट्रियस्तरको विकास बैङ्क बन्न सफल भएका छौँ । आज विकास बैङ्कहरूको भीडमा गरिमा सर्वोत्कृष्ट बैङ्क बन्न सफल भएको छ । यसमा हामी निकै खुसी र गर्व गर्छौँ ।



तपाईँहरूले प्रवाह गर्ने सेवासुविधाले सफलता झल्काएको छ त ?



अवश्य पनि छ । गरिमा विकास बैङ्कले प्रदान गर्ने सबै खाले सेवा सुविधाले यो झल्काउँछ । चाहे त्यो सेवाका हिसाबले होस् या गुणस्तरका हिसाबले ! ग्राहकलाई दिने सेवा सुविधा, कर्मचारी व्यवस्थापन वा सेयरधनीहरूलाई मुनाफा दिने हिसाबले हामी अब्बल हुँदैछौँ । गरिमा विकास बैङ्क अन्य बैङ्कहरूभन्दा अघि नै छ ।

सफलता या असफलता भन्ने कुरा त्यो बैङ्कको वित्तीय अवस्थाले देखाउला । अहिले गरिमा विकासको वित्तीय अवस्था कस्तो हो ?

नाफा/नोक्सान मात्रै बैङ्क सफलताको मानक होइन, मलाई त्यस्तो लाग्दैन । गरिमा विकास बैङ्क पनि नाफा आर्जन गर्न अघि छ होला । तर, नाफा कमाउनुमात्र सफलता होइन । यसमा हामीले कस्तो बैङ्किङ ग–यौँ/गर्दैछौंँ–यसले महत्व राख्छ । हामीले केबल नाफालाई मात्र जोड दिएका छैनौँ । सेवाग्राहीको सफलताको, वृद्धि विकासको र सामाजिक उत्तरदायित्वलाई समेत आत्मसात गरेका छौँ । यसरी नै गरिमा विकास बैङ्क अघि बढिरहेको छ ।

जहाँसम्म वित्तीय अवस्थाको कुरा छ : गरिमा विकास बैङ्क अघिल्लो वर्षभन्दा गत वर्ष र गत वर्षभन्दा यो वर्ष क्रमिक रूपमा नाफा बढाउने बाटोमा छ । हामीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा ०७७/७८ मा झण्डै ४३ प्रतिशत बढी नाफा आर्जन ग–यौँ । शुरूमा दुई करोडबाट शुरू भएको बैङ्कको पुँजी अहिले बढेर झण्डै चार अर्ब रुपैयाँ हाराहारीमा पुग्दैछ । निक्षेप संकलन ६६ अर्ब रुपैयाँभन्दा माथि छ भने लगानी ५६ अर्ब रुपैयाँ छ । हामीसँग २९ हजार ऋणीहरू हुनुहुन्छ भने करिब ५ लाख सेवाग्राहीहरू हुनुहुन्छ । यो नै हाम्रो सबैभन्दा ठूलो सफलता हो । उहाँहरूमा बैङ्कको ५६ अर्ब रुपैयाँ लगानी भएको छ । हामीले ठूला लगानीताहरूलाई भन्दा साना तथा मझौला व्यवसायीहरूलाई नै केन्द्रमा राखेका छौँ ।

प्राथमिकताप्राप्त क्षेत्रमा यो बैङ्कमार्फत के/कति लगानी भएको छ ?

गरिमा विकास बैङ्कको विशेषता भनेकै यही हो । हामीले सानाभन्दा साना सेवाग्राही उद्यमीहरूलाई कर्जा प्रवाह गरेका छौँ । अझ विशेष–हामीले धितोमा मात्र होइन, विनाधितोमा समेत कर्जा प्रवाह गरिरहेका छौँ–जुन नेपाल सरकारले ल्याएको कार्यक्रम, कार्यनीतिदेखि लिएर आफ्नै सक्रियतामा समेत बैङ्कले विना धितोमा कर्जा प्रवाह गरिरहेको छ ।

कुनै पनि नागरिकले पुँजी अभावमा पेसा–व्यवसाय गर्न नरोकियोस् भन्ने भावनासाथ हामीले विनाधितोमा कर्जा प्रवाह गरिरहेका छौँ । यस्तो कर्जा गरिमा विकास बैङ्कले करिब सात अर्ब रुपैयाँ प्रवाह गरेको छ । यो बाहेक धितोसहितको लगानीमा पनि बैङ्क अग्रस्थानमा छ ।

केन्द्रीय बैङ्कले कृषि, उद्योग, पर्यटन, साना, लघु, घरेलु तथा मझौला उद्योगहरूमा अनिवार्य १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गरिमा विकास बैङ्कले सोहीअनुसार गरेको छ । प्राथमिकताप्राप्त क्षेत्रमा बैङ्कले तोकिएभन्दा पनि बढी लगानी गरेको छ । यस्ता क्षेत्रमा बैङ्कबाट भएको लगानी कूल लगानीको करिब २९ प्रतिशत पुगिसकेको छ । अझ महत्त्वपूर्ण पाटो–कुल लगानीको ६० प्रतिशत त ग्रामीण क्षेत्रमा मात्र गरेको छ ।

बैङ्कको कर्जा लगानी जोखिम (एनपीएल) कति छ ?

गरिमा विकास बैङ्कको कर्जा लगानी जोखिम त्यत्ति छैन । गत आर्थिक वर्षको वासलात विश्लेषण गर्दा यो प्रष्ट थाहा हुन्छ । अहिले बैङ्कको जोखिमयुक्त कर्जा ०.८ प्रतिशत मात्र छ । यो पनि बढी हो । बैङ्कको इतिहासमा यसअघिसम्म एनपीएल ०.२ प्रतिशत भन्दा माथि कहिल्यै गएको थिएन । तर, गएको दुई वर्षयता कोभिड–१९ का कारण समग्र वित्तीय क्षेत्र, व्यावसायिक क्षेत्र नै प्रभावित हुन पुग्दा त्यसको असर कर्जामा पनि पर्न गएको हो ।

अवस्थालाई हेरेर हामीले पनि कर्जा असुलीमा केही लचकता अपनायौँ । जसले गर्दा खराब कर्जाको दर केही बढ्न गयो । तर पनि यो दर एक प्रतिशतभन्दा तल नै छ । क्रमशः घटाउँदै लैजान्छौँ ।

गत वर्षको नाफाबाट बैङ्कका सेयरधनीहरूलाई के कति लाभांश वितरण गर्नुहुन्छ ?

सबैकुरा हाम्रो वार्षिक प्रतिवेदनले बताएकै छ । अहिले नै ठ्याक्कै भन्न मिल्दैन । जे होस्, हामी हाम्रा सेयरधनी लगानीकर्ताहरूलाई उचित समयमा उचित लाभांश वितरण गर्छौँ–त्यो पनि राम्रै परिमाणमा । जुन अघिल्लो वर्षको भन्दा अझ बढी हुनेछ ।

गरिमा विकास बैङ्क कुनै वाणिज्य बैङ्कमा मिसिन लागेको हो ?

होइन, हामी जाँदैनौ पनि । गरिमा विकास बैङ्क कुनै वाणिज्य बैङ्कसँग मिसिन जाँदैन । बरु अन्य ‘ख’ ‘ग’ ‘घ’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूलाई एक्वायर (प्राप्ति) गर्नतर्फ लाग्छ । निकट दिनमै हामी सहारा विकास बैङ्कलाई एक्वायर गर्दैछौ । आन्तरिक गृहकार्य करिब अन्तिम चरणमा पुगिसकेको छ । अबको महिना दिनभित्र मर्जर भएर एकीकृत कारोबार गर्छौँ । तर, गरिमा विकास बैङ्क अरूमा मिसिइन जाँदैन ।

अनि वाणिज्य बैङ्कमा स्तरोन्नति हुने योजना चाहिँ ?

मलाई लाग्छ–आजभन्दा करिब ५ वर्षअघि हामीले हाम्रो स्तरोन्नति, क्षमता विकास एवम् क्षेत्र विस्तार निम्तिन पाँचवर्षे कार्यरणनीति बनाएका थियौँ । जुन रणनीतिमा हामीले २०७९ सम्ममा बैङ्कलाई वाणिज्य बैङ्कमा पु–याउने उद्घोष गरेका थियौँ । जुन कुरा हामीले बारम्बार उठाउँदै आयौँ । हाम्रो वार्षिक कार्यक्रम तथा साधारणसभामा समेत यो कुरा उल्लेख गर्ने गरेका छौँ । हाम्रो उद्देश्य पनि यही नै हो । हामी अब लक्ष्यको नजिक नजिक छौँ । हामीसँग पुँजी अभाव छैन । हाम्रा लगानीकर्ताहरू थप लगानी गर्न तयार छन् । तर यहाँ समस्या लगानीको होइन, लाइसेन्सको हो । राष्ट्र बैङ्कले बैंकहरूलाई मर्जरमा जान प्रेरित गरिरहेका बेला थप बैङ्कका लागि लाइसेन्स खुलाउँछ कि खुलाउँदैन भन्ने हो । तर, वाणिज्य बैङ्कका लागि तोकिएको आठ अर्ब रुपैयाँ चुक्तापुँजी हामी सजिलै पु–याउन सक्छौँ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।