रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी

रुसको सत्तारुढ दल युनाइटेड रसिया पार्टीले दुई तिहाई मतका साथ निर्वाचन जित्ने दावी गरेको छ । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका बेला सत्तारुढ दलले निर्वाचनमा आफ्नो दलले दुई तिहाई ल्याउने दावी गरेको हो । सत्तारुढ दलका महासचिव आन्द्रेई तुर्चाकले कुल ४५० मध्ये ३१५ सिटमा आफ्नो पार्टीले जित्ने सोमबार पत्रकारहरुसँग बताए । रुसमा नयाँ संसद गठनका लागि भएको तीन दिने संसदीय निर्वाचन गत आइतबार सकिएको हो ।
निर्वाचन शान्तिपूर्वक, निष्पक्ष र धाँधलीसहित तरिकाले सम्पन्न भएको पनि उनले दावी गरे । विदेशी सञ्चारमाध्यमहरूले वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले नै यस पटकको संसदीय निर्वाचन जित्ने उल्लेख गरेका छन् । निर्वाचनपछि मतदाताहरूसँग गरिएको सर्वेक्षणले सत्तारुढ दलले नै जित हासिल गर्ने देखाएको हो ।
धाँधली भएको आरोप लगाउनेहरूले भने निर्वाचनका बेला फर्जी मतदान भएको र धेरैलाई जबरजस्ती मतदान गराइएको दावी गरेका छन् । उनीहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन् । पुटिन शासनको आलोचना गर्नेहरूलाई निर्वाचनमा उम्मेदवार बन्न समेत रोक लगाइएकाले धाँधली भएको आरोप लगाउनेहरूलाई बल पुगेको छ ।
जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेतलाई निर्वाचनमा उम्मेदवार बन्न निषेध गरिएको थियो । कुल १४ वटा दल सहभागी भएको उक्त चुनावका लागि कतिपय ठाउँमा विद्युतीय मतदानको व्यवस्था गरिएको थियो ।
रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भएपनि ठूला घटना तथा अवरोधहरू भने नभएको जनाइएको छ । विपक्षीहरुले निर्वाचनमा धाँधली भएको आरोपहरूलाई निर्वाचन आयोगले भने अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’