शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाली खेलाडीलाई एक्पोजरको खाँचो’

सोमबार, ०४ असोज २०७८, १४ : ५०
सोमबार, ०४ असोज २०७८

आईसिसि विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकाल्यो । यस अघि सिरिजका सबै भेटमा नतिजा गुमाएको नेपालले  घरेलु टोलीमाथि ७ विकेटको जित निकाल्दै राजीनामा दिइसकेका प्रशिक्षकको सुखद विदाई हुँदा उनै प्रशिक्षकले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउनका नेपाल क्रिकेट संघ (क्यान)ले पहल गर्नु पर्ने सुझाब दिएका छन् । 

त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेल गुमाउन पुग्यो । भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको देखियो । कप्तान ज्ञानेन्द्र मल्ल सहित आसिफ शेख, कुशल भुर्तेल जस्ता युवा खेलाडीले सम्झन लायक प्रदर्शन गरे । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित पनि ग¥यो । कप्तान ज्ञानेन्द्रले आफ्नो एक दिवसीय करियरको चौथो अर्धशतक पनि पूरा गरे । उनी चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान भए । युवा खेलाडीको प्रदर्शनबाट पुस्ता हस्तान्तरण हुन लागेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले खुसी भएको प्रतिक्रिया दिए । पाएको सफलतालाई निरन्तरता दिनका लागि गृहकार्य जरुरी रहेको मल्लले बताए ।

उता प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने अनुभव सुनाए । ह्वाटमोले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट संघले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरु आयोजना गरेर अनुभव दिनुपर्ने सुझाब नेपाल क्रिकेट संघलाई दिएका छन् । भएको क्षमता भन्दा माथि उठन्का लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको औंल्याए ।

ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आठौं खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौंथो स्थानमा उक्लिएको छ । ८ खेलबाट ८ अंक नै जोडेको नेपाल भन्दा माथि शीर्ष स्थामा १३ खेलबाट २० अंक जोडेको ओमान रहेको छ । दोस्रो स्थानमा १५ खेल खेलेर १४ अंक जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा ८ खेलबाट ९ अंक बनाएको स्कटल्यान्ड अटाएको छ । नामिबिया, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पिएनजी) क्रमश पाँचौ, छैठौं र सातौ स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप