संखुवासभा सामूहिक हत्या प्रकरण : नाबालकलाई चिर्पट प्रहार, वृद्धाको टाउको ठोक्काएर हत्या
सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा नयाँ ट्विस्ट देखिएको छ । भदौ २७ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेर उनी एक्लैले हत्या गरेको जिकिर गरेको थियो । सोमबार पुनः जिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर लोकबहादुरका भाई नरेशसमेत थप ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदी भन्छन्- ‘सामूहिक योजना र सबैजना मिलेर नै हत्या गरेको देखियो ।’
लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की र छोरा हस्तबहादुर मिलेर सबैभन्दा पहिला ५५ वर्षका तेज बहादुर कार्कीलाई हत्या गरेका थिए । भदौ २१ मा बिहान ५ बजेर २० मिनेटदेखि ४० मिनेट सम्ममा सबै जनाको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तेजबहादुरलाई चिर्पटले हिर्काएको देखेर दौडिँदै आएका पत्नी कमला र बुहारी रञ्जनालाई हत्या गरेर लोकबहादुरको समूह दुई नाबालकतर्फ लम्किए ।
रञ्जनाका छोरा ८ वर्षका विपिन कार्की र ५ वर्षकी छोरी गोमा घर नजिक बाटोमा निस्किएका थिए । लोकबहादुर र उनका दाई (काकाको छोरा) हस्तबहादुर मिलेर विपिन र गोमाको बाटोमा छेकेका थिए । अनि, मुख थुने । चिर्पटले हिर्काए ।
‘चिर्पटले हिर्काएपछि घाँटी बटारेको अनुसन्धानबाट खुलेको छ’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘नाबालकलाई हत्या गरेर सो समूह तेजबहादुरको घरमा पुगेको थियो ।’ घरमा ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याई रहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घर पछाडिको गोठमा लगेका थिए ।
‘लोकबहादुरले पार्वतीको टाउको भित्तामा ठोक्काए’ डिएसपी लालध्वज सुवेदी भन्छन्–‘अनि मुन्टो बटारेर हत्या गरेपछि सबैजना लोकबहादुरको घरमा गएर प्रमाण लुकाएको देखिन्छ ।’ भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
लोकबहादुरका काका खड्गबहादुर हत्याको मुख्य योजनाकार रहेको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान शेखलाई पछ्याउँदै बसिर अहमदले पनि अर्धशतक बनाए
-
बङ्गलादेशले रद्द गर्यो शेख हसिनाको पासपोर्ट
-
राप्ती नदीमा ४१ गोही छोडियो
-
नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन् : पूर्व कानुनमन्त्री शर्मा
-
हात्तीका कारण पर्यटकको मृत्यु भएपछि माहुतेविरुद्ध मुद्दा
-
कठ्याङ्ग्रिने चिसो : महोत्तरीका विद्यालय बन्द