बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुसको विश्वविद्यालयमा गोली चल्यो : कम्तीमा आठको मृत्यु

सोमबार, ०४ असोज २०७८, १४ : १५
सोमबार, ०४ असोज २०७८

रुसको परम शहरको एक विश्वविद्यालयमा भएको गोलीबारीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । हमलाकर्ता यसै विश्वविद्यालयका विद्यार्थी हुन् र उनी हिरासतमा लिइँदै गर्दा घाइते भएका छन् ।

परम स्टेट युनिभर्सिटी मस्कोबाट पूर्व दिशामा १३०० किलोमिटर टाढा छ ।

बीबीसी संवाददाताका अनुसार स्थानीय समयानुसार बिहान ११ बजे एक हतियारधारी व्यक्ति परम युनिभर्सिटीमा प्रवेश भएर गोलीबारी सुरु गरे ।

हमला भएपछि केही विद्यार्थी र अध्यापकले आफूलाई भवनभित्रै बन्द गरिदिए ।

घटनास्थलमा मोबाइलबाट खिचिएका भिडियोमा केही मानिसहरु झ्यालबाट हाम फालिरहेको देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप