बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको खतरा’

सोमबार, ०४ असोज २०७८, १३ : ४५
सोमबार, ०४ असोज २०७८

संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नु पर्ने सुझाव दिएका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले समाचार एजेन्सी असोसिएटेड प्रेससँग यस्तो धारणा व्यक्त गरेका हुन् ।

समाचार एजेन्सी एपीलाई दिएको अन्तरवार्तामा उनले चीन र अमेरिकाबीच उत्पन्न तनावलाई अन्य देशमा फैलनबाट रोक्नका लागि यो कदम आवश्यक भएको बताए । यस हप्ता संसारका केही नेता संयुक्त राष्ट्रको वार्षिक सभामा कोभिड, जलवायुबारे चिन्तालगायतका थुप्रै विषयमा छलफल गर्ने तयारीमा छन् ।

गुटेरेसले संसारका दुई प्रमुख आर्थिक शक्तिले जलवायु परिवर्तनको विषयलाई सहयोग गनुपर्ने बताएका छन् । उनले मानवाधिकार, अर्थव्यवस्था, अनलाइन सुरक्षा र दक्षिण चीन सागरजस्ता विवादास्पद मुद्दामा दुई देशले थप मजबुतीका साथ कुराकानी गर्नुपर्ने पनि धारणा व्यक्त गरे ।

यूएनका महासचिवले भने, ‘दुर्भाग्य, हालको समयमा दुई देशबीच मनमुटाव मात्रै देखिएको छ ।’

गुटेरेशले भने, ‘हामी दुई शक्तिका बीच एक व्यवसायिक सम्बन्ध पुनः स्थापित भएको हेर्न चाहन्छौं । खोप अभियान, जलवायु परिवर्तन र अन्य थुप्रै विश्वव्यापी चुनौतीको समाधान गर्नका लागि पनि यसो गर्न आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप