मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रेमो डिसुजाकी श्रीमतीले कसरी घटाइन् ४० किलो तौल ?

सोमबार, ०४ असोज २०७८, १३ : २२
सोमबार, ०४ असोज २०७८

 

फिट र स्वस्थ रहने ट्रेन्ड तीब्र रुपमा बढ्दो छ । थुप्रै बलिउड सेलिब्रिटीले आफ्नो फेरिएको रुपले धेरैलाई अचम्मित पारेका छन् । अब यी सेलिब्रिटीमा रेमो डिसुजाकी श्रीमती लिजेलको नाम पनि परेको छ । चर्चित कोरियोग्राफर रेमो डिसुजाले आफ्नी श्रीमतीको समग्र परिवर्तनको फोटो सेयर गरेका छन् । यसमाथि धेरैले चर्चा गरिरहेका छन् ।

अब भारतीय सञ्चार माध्यम इटाइम्ससँगको कुराकानीमा रेमो डिसुजाकी श्रीमती लिजेल डिसुुजाले आफ्नो तौल घटाउँदाको अनुभव बाँडेकी छिन् । लिजेलले भनिन्, ‘सन् २०१८ मा मैले, अब त मैले केही कुरालाई नियन्त्रण गर्नैपर्छ भनेर सोचेँ । मैले तुरुन्त आफ्ना ट्रेनरलाई मेसेज गरेर ‘जबसम्म तिमीले मेरो तौल कम गराउँदैनौं, तबसम्म तिमी उत्कृष्ट ट्रेनर हौ भनेर म मान्दिनँ ।’

लिजेलले थपिन्, ‘जनवरी सन् २०१९ देखि उनले मलाई इन्टरमिटेन्ट फास्टिङ गराए । त्यतिबेला म स्ट्रिट डान्सर थ्रीको सुटिङका लागि लण्डन जाँदै थिएँ । मैले डाइटिङ गरेँ । ट्रेनरकी श्रीमती श्रद्धा कपुरसँग जाँदै थिइन्, त्यसैले उनले मेरो खानामा पूरा निगरानी राखिन् ।’

लकडाउनमा २० घण्टाको इन्टरमिटेन्ट फास्टिङः

लिजेलले भनिन्, ‘जूनमा हामीले डाइट र वेट ट्रेनिङमा ध्यान दियौं । जूनपछि नै मानिसहरुले मेरो तौल कम भएको देख्न थालेका थिए । खास कुरा के हो भने हाम्रो घरमा जिम सेटअप छ, त्यसैले लकडाउनमा पनि म वर्कआउट गरिरहेकी थिएँ । मैले वेट ट्रेनिङ गरेँ, इन्टरमिटेन्ट फास्टिङ गरेँ र घरकै खाना खाएँ ।’

‘रेमो र म घरकै वरिपरि हिँड्ने गर्दथ्यौं । म दिनभरी १८ देखि २० घण्टा इन्टरमिटेन्ट फास्टिङ गर्दथेँ र दिनभरी १ पटक मात्रै खान्थेँ ।’

लिजेल थप्छिन्, ‘धेरैले मलाई यो खाउ, त्यो नखाउ भनेर सल्लाह दिए । तर मलाई लाग्छ कि, तपाईंको शरीरले के कुरामा कसरी प्रतिक्रिया दिन्छ त्यसअनुसार नै तपाईंले आफ्नो खान्की निर्धारण गर्नुपर्छ । अघिल्लो वर्ष रेमो बिरामी भएपछि मैले पनि किटो डाइट छोडेँ । त्यसपछि मैले झोलिलो, कम क्यालोरीयुक्त खानेकुरा खाएँ ।’

१०५ किलोबाट ६५ किलो तौलः

‘तपाईं तीन महिना डाइट गरेर अब पुग्यो भनेर छोड्न सक्नुहुन्नँ । मैले पनि यहि गल्ती गरेँ । तर अब मलाई यो कसरी ह्यान्डल गर्ने भनेर थाहा छ । मलाई लाग्छ कि किटो डाइटले उत्कृष्ट काम गरेको छ । मैले यसबाट ८ देखि ९ किलो तौल कम गरेँ । म १०५ किलोबाट ६५ किलो तौलमा रहन सफल भएँ ।’

लिजेलले भनिन्, ‘तौल कम गर्नु मेरो लागि एउटा चुनौती थियो । म तौल घटाउनका लागि बेरिएट्रिक सर्जरीका लागि सन् २०१८ मा डा. मुफी  (मुफ्फजल लकडावाला) लाई भेटेकी थिएँ । तर मैले अचानक शल्यक्रिया नगर्ने निर्णय गरेँ । तर म गेस्ट्रिक बेलुनका लागि भने तयार थिएँ । फेरि डाक्टरले यसो गर्दा मेरो तौल पुनः बढ्ने बताए । त्यतिबेला मसँग भएका साथीहरुले यसो नगर्न सुझाए । अन्ततः मैले आफैंले तौल कम गर्ने अठोट गरेँ । मेरो लक्ष्य डिसेम्बरसम्म थप १० किलो तौल कम गर्नु हो । यसमा रेमो र बच्चाहरुले मलाई असाध्यै समर्थन गरिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप