शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ

सोमबार, ०४ असोज २०७८, १३ : ०७
सोमबार, ०४ असोज २०७८

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर चोरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट दोलखा घर भएका २४ वर्षीय तेज बहादुर खड्कालाई पक्राउ गरिएको महाशाखाका एसपी सञ्जीव शर्मा दासले रातोपाटीलाई बताए । 

ट्राफिक प्रहरीले खड्काले चोरेको एउटा स्कुटर र एउटा मोटरसाइकल बरामद गरेको छ । खड्काले लुकाएर राखेको बा. ५६ प ४५४४ नम्बरको डिओ स्कुटर र प्रदेश ३–०२–०१० प ७४४ नम्वरको पल्सर मोटरसाईकल बरामद गरिएको एसपी दासले बताए । 

स्कुटर असोज १ मा  ललितपुरको खुमलटारबाट हराएको थियो । वास्तविक नम्बर बागमती प्रदेश०२–०१७प ७८०३ भएको उक्त मोटरसाईकल भदौ ३० मा काँडाघारीमा फेला परेको थियो । सो मोटरसाईकल भोजपुर बोखिम घर भई काँडाघारी बस्ने विशाल तामाङको रहेको थाहा भएको छ । 

आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा पठाइएको एसपी दासले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप