बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित हुनासाथ सरकारले बजेट खर्च गर्न पाउँछ ?

सोमबार, ०४ असोज २०७८, १२ : ३०
सोमबार, ०४ असोज २०७८

प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधबीच प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ । यो सँगै नेपालले बेहोरेको दुई दिने ‘गभर्मेन्ट सटडाउन’ केही दिनभित्रै टुङ्गिने आधार बनेको छ । तर, प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक पारित भए पनि सरकारले बजेट खर्च गर्न पाउने बाटो खुलिसकेको भने छैन । पारित भएको यो विधेयकलाई अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ ।

राष्ट्रिय सभाले विधेयक पारित गरेर फेरि प्रतिनिधिसभामा पठाउनेछ । राष्ट्रियसभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाका सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै सरकारले ढुकुटी अर्थात् संघीय सञ्चित कोषबाट रकम झिकेर गर्न पाउनेछ । 

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको र वर्तमान सरकारले समयमै बजेट प्रतिस्थापन विधेयक पारित गराउन नसक्दा अहिले राज्य खर्च गर्न नपाउने अवस्थामा छ । संवैधानिक अङ्ग तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक नेपालमा अन्य खर्च रोकिएको छ ।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको थियो । वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप