प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित हुनासाथ सरकारले बजेट खर्च गर्न पाउँछ ?
प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधबीच प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ । यो सँगै नेपालले बेहोरेको दुई दिने ‘गभर्मेन्ट सटडाउन’ केही दिनभित्रै टुङ्गिने आधार बनेको छ । तर, प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक पारित भए पनि सरकारले बजेट खर्च गर्न पाउने बाटो खुलिसकेको भने छैन । पारित भएको यो विधेयकलाई अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ ।
राष्ट्रिय सभाले विधेयक पारित गरेर फेरि प्रतिनिधिसभामा पठाउनेछ । राष्ट्रियसभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाका सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै सरकारले ढुकुटी अर्थात् संघीय सञ्चित कोषबाट रकम झिकेर गर्न पाउनेछ ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको र वर्तमान सरकारले समयमै बजेट प्रतिस्थापन विधेयक पारित गराउन नसक्दा अहिले राज्य खर्च गर्न नपाउने अवस्थामा छ । संवैधानिक अङ्ग तथा निकायहरू (संघीय सञ्चित कोषमाथि हुने व्ययभार) बाहेक नेपालमा अन्य खर्च रोकिएको छ ।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको थियो । वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
