बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपाल युएसमा १० प्रतियोगी

सोमबार, ०४ असोज २०७८, १२ : २५
सोमबार, ०४ असोज २०७८

काठमाडौँ । मिस नेपाल युएसका लागि १० प्रतियोगी भिड्ने भएका छन् । सेप्टेम्बर पहिलो सातासम्म प्राप्त आवेदनका आधारमा यी प्रतियोगी छानिएका हुन् । जसमा अपेक्षा सिंह , गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिसा प्रधान, प्रितिजा जैशी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बु रहेका छन् ।

२५ सेप्टेम्बरमा न्यूयोर्कको क्वीन्स थियटरमा आयोजना हुने एक समारोहमा ‘मिस नेपाल युएस २०२१’को घोषणा हुनेछ । महिला शिक्षा र सशक्तीकरणका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको मिस नेपाल युएस विशुद्ध सौन्दर्य प्रतियोगिता नभएर एउटा सामाजिक अभियानको रुपमा समेत चिनिएको छ ।

इप्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि न्यूयोर्कबाट सुरु भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल युएसको ताज लगाउन सफल भएकी थिइन् ।

मिस नेपाल युएसले अमेरिकी सरकारबाट ट्रेडमार्क समेत प्राप्त गरेको छ । प्रतियोगिता सुरु गरेको झण्डै १० वर्षपछि मिस नेपाल युएसले अमेरिकी सरकारको औपचारिक ट्रेडमार्क पाउन सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप